काठमाडौं, ८ असोज । काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ।
यो सहित काठमाडौंमा १५ हजार ७सय ७४, ललितपुरमा १ हजार ८ सय २६ र भक्तपुरमा १ हजार ७ सय ३९ संक्रमित पुगेका छन्।