सुनको मूल्य तोलाको ८ सय घट्यो, डेढ महिनाको अवधिमा १० हजार गिरावट

काठमाडौं, ९ असोज । नेपाली बजारमा सुन चाँदीको भाउ निरन्तर ओरालो लागेको छ ।

पछिल्लो तीनदिनमा सुनको भाउ ४ हजार ९ रुपैयाँले घटेको छ । मंगलबार तोलाको १७ सय, बुधबार, विहिबार १२ सय घटेको सुन शुक्रबार पनि तोलाको ८ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ९३ हजार ९ सयमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्यपनि आज प्रतितोला ४० रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १,१६० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघको अनुसार पछिल्लो डेढ महिनाको अवधिमा बजारमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको हो ।

गत साउन २३ मा एक लाख ३ हजार पाँच सय पुगेको सुनको मूल्य घटेर विहिबारसम्म तोलामा १० हजार चार सय रुपैयाँ घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here