दुई महिनामा वैदेशिक व्यापार घाटा १ खर्ब ५८ अर्ब बढी

काठमाडौं, ९ असोज । कोरोना नियन्त्रणका लागि भन्दै गरिएको लक डाउन र निषेधाज्ञाका कारण दुई महिनामा वैदेशिक व्यापार घाटामा उच्च गिरावट आएको छ ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षको पहिलो २ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १९.६४ प्रतिशतले वैदेशिक व्यापार घटेको हो ।

गत आर्थिक वर्ष २०७६/७७ को पहिलो दुई महिना (साउन-भदौ)मा नेपालमा कुल वैदेशिक व्यापार २ खर्ब ४८ अर्ब ५५ लाख ५१ हजार रुपैयाँ बराबरको भएको थियो ।

चालु आर्थिक वर्ष २०७७/०७८को सोही अवधिमा नेपालमा वैदेशिक व्यापार १ खर्ब ९९ अर्ब २८ करोड ९३ लाख ३० हजार रुपैयाँ बराबरको भएको छ ।

यो वर्ष दुई महिनामा व्यापार घाटा १ खर्ब ५८ अर्ब ४० करोड रुपैयाँ बराबरको रहेको छ । यो वर्ष कुल आकार नै १९.६४ प्रतिशतले घटेको हो ।

नेपालको वैदेशिक व्यापार मूख्य रुपमा भारत र चीनसँग हुँदै आएको छ ।

भारत र चीनसहीत १ सय भन्दा बढी मुलुकसँग नेपालको वैदेशिक व्यापार हुने गरेको भन्सार विभागको विवरणमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here