दुई महिनामा ४३ अर्ब ६० करोडको कृषिवस्तु आयात, धान/चामलको माग दोब्बर बढ्यो

फाइल तस्विर

काठमाडौं, १० असोज । नेपालमा कोरोनाको प्रभावले अत्यावश्यक वस्तुमा परनिर्भरता बढेको छ ।

कोरोना संक्रमण नियन्त्रणको लागि लगाइएको लकडाउन,त्यसपछि ठाँउ-ठाँउमा लगाइएको निषेधाज्ञको कारण अत्यावश्यक वस्तुको लागि नेपालले विदेशकै भरपर्नु परेको हो ।

कोरोनाको कारण घटेको उद्योगहरुको क्षमता, कामदारको कमीको प्रभावमा दैनिक उपभोग्य सामान अन्नजन्य सामग्री, घ्यु–तेल, तरकारी तथा फलफूलको आयातमा परेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा देशले करिब ४३ अर्ब ६० करोड मूल्यको कृषिवस्तु आयात गरेको छ।

जुन गत वर्षको यही अवधिमा ३८ अर्ब ७७ करोडमा सीमित थियो।

साउन भदौंको अवधिमा देशको कृषिजन्य वस्तुको निर्यात पनि बढेको छ। साउन–भदौ दुई महिनामा १० अर्ब ७७ करोड मूल्यका कृषिवस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिमा ८ अर्ब ६७ करोड मूल्य बराबरका कृषि वस्तुको निर्यात भएको थियो। 

७ अर्ब ५२ करोडको धान/चामल आयात

गत साउन र भदौ दुई महिनामा नेपालले ७ अर्ब ५२ करोडको धानचामल आयात गरेको छ। यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा झण्डै दोब्बर बढी हो।

आर्थिक वर्ष २०७६/ ७७ को पहिलो दुई महिनामा ३ अर्ब ८० करोडको मात्रै धानचामल आयात गरेको थियो। कृषिप्रधान मुलुक भनिने नेपालमा स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको छ ।

स्थानिय उत्पादनहरुले मात्रै माग धान्न नसक्दा नेपालमा वार्षिक अर्बौ रकमको चामल आयात हुने गरेको छ । खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन ।

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

तर स्थानीय मागले धान्न नसक्दा बर्सेनि अर्बौं रुपैयाँको चामल आयात हुने गरेको छ । त्यस्तै स्वदेशी तरकारीको तथा फलफूलको उत्पादन घट्दा तथा मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा विदेशी तरकारी तथा फलफूलको माग बढेको छ ।

सम्बन्धितः

अत्यावश्यक वस्तुमा परनिर्भरता बढ्यो, चामल आयात दोब्बर

‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ नारामै, भित्रियो २८ अर्बको चामल

खाद्य कम्पनीले बिक्री गर्‍यो १४ लाखको खाद्य सामग्री, जापानी चामलको माग बढी

चामलको मूल्य ७ वर्षयताकै उच्च, एक हप्तामै १२ प्रतिशत महंगियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here