२० अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, क-कसले पाईन्छ किन्न ?

काठमाडौं, ९ असोज । नेपाल राष्ट्र बैंकले आइतबार(असोज ११ गते) २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले बोलकबोलमार्फत नौ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘घ’ बिक्री गर्न लागेको हो ।

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यो ऋणपत्रमा आइतबार दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।

अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिनेछ।

अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालालाई समानुपातिकरुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने बैंकले जनाएको छ।

यस्तै ब्याजदर र बाँडफाँट बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरिनेछ।

घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।

यो ऋणपत्रको निष्कासन २०७७ असोज १२ गते हुनेछ। साँवा भुक्तानी २०८६ असोज १२ गते हुनेछ। ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुने र आर्जिक ब्याजमा ब्याजकर लाग्नेछ। ब्याजदर भने बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here