साउनमा ९२ अर्ब ७१ करोड रेमिट्यान्स, २३ प्रतिशतले बढ्यो

काठमाडौं ९, असोज । गत साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो ।

नेपालमा लकडाउन सुरु भएपछि राष्ट्र बैंकले पनि १० प्रतिशतभन्दा धेरैले रेमिट्यान्स घट्न सक्ने पूर्वाअनुमान गरेको थियो । रेमिट्यान्स आउने प्रमुख राष्ट्रमा कोभिडको असर धेरै रहेको भन्दै ती अनुमानहरु गरिएका थिए । गत आर्थिक वर्ष कुल ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यान्स राष्ट्र बैंकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here