१५१ वटा बैंक तथा वित्तीय संस्थाको इजाजत खारेज, १९८ वटा मर्ज

काठमाडौं, ९ असोज । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिको प्रक्रिया सुरु गरेपछि हालसम्म १९८ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार २०७७ साउन मसान्तसम्म कुल १९८ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएको राष्ट्र बैंकले जनाएको हो ।

राष्ट्र बैंकका अनुसार यी मध्ये १५१ संस्थाहरुको इजाजत खारेज हुन गई ४७ संस्था कायम भएका छन्। यस अवधिमा २ वटा बाणिज्य बैंक मर्ज भई एक भएका छन् । ग्लोबल आईएमई बैंक र जनता बैंक मर्ज भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here