विदेशी विनिमय सञ्चिति एक महिनामा नै २.५ प्रतिशतले बढ्यो

काठमाडौं, ९ असोज । विदेशी विनिमय सञ्चिति ह्वातै बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनसम्मको मुलुकको वित्तीय तथा आर्थिक स्थितिको प्रतिवेदन अनुसार विदेशी विनिमय सञ्चिति एक महिनामा नै २.५ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिवेदन अनुसार नेपालको वैदेशिक मुद्रा (विदेशी विनिमय) सञ्चिति १४ खर्ब ३६ अर्ब ७३ करोड पुगेको जनाएको छ ।

गत असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड रहेको विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्षको एक महिनामा नै २.५ प्रतिशतले वृद्धि भएको हो ।

अमेरिकी डलरमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेको विदेशी विनिमय सञ्चिति २०७७ साउन मसान्तमा १२ अर्ब २ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएका छ ।

चालु आार्थिक वर्षको साउन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १५.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रिय बैंकले जनाएको छ ।

२०७७ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.० प्रतिशत रहेको छ । वर्तमान अवस्थामा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३८.१ प्रतिशत, १२९.७ प्रतिशत र ३३.८ प्रतिशत रहेको राष्ट्र बैंले जनाएको छ ।

२०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here