उपत्यकाका यी ५ स्थानमा विद्युत बन्द हुने

काठमाडौं, १० असोज । शनिबार दिउँसो काठमाडौं उपत्यकाका ५ स्थानमा एक घण्टा विद्युत् बन्द गरिने भएको छ।

नेपाल विद्युत प्राधिकरण, लखनखेल वितरण केन्द्रलेले दिएको सूचनाअनुसार ललितपुरका ५ फिडरमा लोड स्थानान्तरण गर्नुपर्ने भएकाले मध्याह्न १२ बजेदेखि दिउँसो १ बजेसम्म उपत्यकाका ५ क्षेत्रमा बिजुली जाने भएको हो।

गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल फिडर, इमाडोल-२ फिडर र लुभु फिडरमा लोड स्थानान्तरण गरिने तयारी रहेको नेपाल विद्युत प्राधिकरण लखनखेल वितरण केन्द्रले जनाएको छ।

प्राधिकरणले यी फिडरहरुको विद्युतीय लोड नयाँ फिडरमा स्थानान्तरण गरिने जनाएको छ ।

शनिबार लोड स्थानान्तरण गर्दा मौसम प्रतिकूल भएमा अर्को दिन सोही समयमा स्थानान्तरण गरिने प्राधिकरणको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here