कसरी छुटाउने चुरोटको लत, अपनाउनुहोस् यी उपाय

काठमाडौं । चुरोटले मानव स्वास्थ्यका लागि निकै हानिकारक बस्तु हो ।

यसले हाम्रो शरीरमा पार्ने असरबारे चुरोट खाने सबैलाई थाहा होला । चुरोटले फोक्सोमा पार्ने असरबारेका डरलाग्दा तस्विरहरु हामीले पटक–पटक हेरेका छौं ।

तरपनि हिजोआज अधिकांश युवा चुरोट पिउँछन् । विद्यालय उमेरदेखि नै किशोरकिशोरी पनि चुरोटका अम्मली हुने गरेका छन् । अधिकांश चुरोट पिउनेहरु अरुको देखासिखी गर्दागर्दै धुम्रपानको लतमा फस्छन् ।

यसको सेवनले क्यान्सर जस्तो ज्यानै लिने रोग लाग्छ । यो कुरा हामी धेरैलाई थाहा छ तर यति थाहा हुँदा हुदैं पनि हामी मध्य कतियपले चुरोटको लत छोड्न सकेका हुँदैनन् ।

धेरैजसो व्यक्तिहरु सुरुमा परिवार वा आफन्त वा मान्यजनबाट लुकेर चुरोटको लत लिइरहेका हुन्छन् ।

कसरी हटाउन सकिन्छ चुरोटको लत तल उल्लेख गरेका छौ

-बिहानै उठेर दुई गिलास पानीमा कागती मिसाएर दैनिक पिउने ।

-जब चुरोट पिउन तलतल लाग्छ, आफैले आफैलाई सम्झाउनु कि ‘मलाई चुरोट छोड्नु छ।’ चुरोट छाड्न सबैभन्दा बढी आफ्नै इच्छाशक्ति आवश्यक हुन्छ।

-चुरोट छाड्ने निधो गरिसकेपछि कहिलेदेखि छाड्ने मनमनै मिति तोक्नुहोस्। त्यसपछि पनि तपाईंलाई चुरोट पिउन मन लाग्नेछ । यस्तो बेला तपाईं आरामसँग बस्नोस् र लामो श्वास तानेर पानी पिउनुहोस् । यसो गर्दा तपाईंको ध्यान अन्तै मोडिन्छ।

– अमलालाई घाममा सुकाउनुहोस्, त्यसमा कागती र नुन हालेर बट्टामा राख्नुहोस् र जतिबेला पनि आफ्नै साथमा राख्नुहोस् । जब चुरोट पिउने तल्तल् लाग्छ, त्यतिबेला बट्टाको अमला थोरै–थोरै निकालेर खानुहोस् ।

यसका साथै मौसम, सुन्तला र अंगुरजस्ता फलफूलका जुस पिउने गर्नाले पनि चुरोटको सम्झना मेटिन सक्छ।

चुरोट तथा सूर्तिजन्य पदार्थ छाड्दा सुरुका दिनमा चिडचिड हुने, नैराश्य हुने, छटपटी हुनेजस्ता लक्षण देखिन्छन् । यस्ता लक्षणले कसको कति चुरोट खाने बानी थियो भन्ने कुरा पनि पत्ता लाग्ने बताइएको छ। – एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here