बजार मूल्य २२८ रुपैयाँ रहेको मेगा बैंकको सेयर १०० रुपैयाँमै किन्ने अवसर

काठमाडौं, ११ असोज । मेगा बैंकको कूल १८ लाख ४० हजार ७ सय ३८ कित्ता हकप्रद सेयर लिलामी बिक्री खुला भएको छ ।

बैंकले निष्काशन गरेको हकप्रद सेयरमा पर्याप्त आवेदन नपरेपछि उक्त सेयर बढाबढ मूल्यमा बिक्रीमा राखिएको हो ।

बैंकको लिलामीमा आएको सेयर किन्न इच्छुकले न्यूनतम १०० रुपैयाँ बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बैंकले २०७४ साल भदौ २७ गतेदेखि २०७४ साल कात्तिक १४ गतेसम्म संस्थापक तथा साधारण सेयरधनीहरुका लागि हकप्रद सेयर निष्काशन गरेको थियो ।

सोमध्ये बिक्रि नभएको १८ लाख ४० हजार ७ सय ३८ कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्न लागिएको हो ।

यससँगै बैंकको सेयर खरिद गर्न चाहने लगानीकर्ताहरुले आगामी असोज ११ गतेदेखि असोज १८ गतेभित्र आवेदन दिन सक्नेछन् ।

लिलामीमा ल्याएको मध्ये ११ लाख ३३ हजार ३ सय ४४ कित्ता सेयर संस्थापक समूह तर्फको र ७ लाख ७ हजार ३ सय ९४ कित्ता सेयर सर्वसाधारण समूह तर्फको रहेको छ ।

सेयर खरिदका लागि बोलकबोल पेश गर्दा उनीहरुले न्युनतम १०० कित्ता र अधिकतम एक लाख कित्तासम्मको आवेदन दिन पाउने छन् ।

उपत्यका भित्र मेगा बैंकको कमलादीस्थित मुख्य कार्यालय, नयाँ बानेश्वर चोक, ठमेल, न्यूरोड (पिपलबोट), ज्ञानेश्वर, चाबहिल, बौद्ध, कलंकी, गोंगबु, महाराजगञ्ज, मैतीदेवी, जावलाखेल, पुरानो ठिमी र सूर्यविनायक शाखाबाट सर्वसाधारणहरुले शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

यसैगरी, काठमाडौं उपत्यकाबाहिर धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, तुल्सीपुर, भैरहवा, बुटवल, अर्घाखाँची, तम्घास, तानसेन, नारायणगढ, पोखराको सभागृह चोक र चिप्लेढुंगा, हेटौंडा, वीरगञ्ज, सिन्धुली, जनकपुर, धरान, विराटनगर र विर्तामोड शाखाबाट शेयर खरिदका लागि आवेदन दिने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ ।

यसैगरी, अनलाइनबाट फारम लिई शेयर आवेदन गर्न इच्छुक आवेदनकर्ताहरुले मेगा बैंक वा मेगा क्यापिटल मार्केटस लिमिटेडबाट छाप प्रमाणित गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

कम्पनीले मेगा क्यापिटल मार्केट्सलाई बिक्रि प्रबन्धक तोकेको छ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२८ रुपैयाँ रहेको छ ।

सम्बन्धितः

कोभिडको मारमा परेका ग्राहकलाई मेगा बैंकले सस्तो ब्याजदरमा कर्जा दिने

लकडाउनमै मेगा बैंकका विशेष साधारण सभा सम्पन्न, गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित

घर तथा गाडी कर्जाका लागि मेगा बैंकको आकर्षक योजना

रिचार्जरबाट स्वास्थ्य सामग्री किन्दा मेगा बैंकका ग्राहकलाई १० प्रतिशत छुट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here