बैंक तथा वित्तीय संस्थाको शाखा दोब्बर वृद्धि, एक महिनामै ४८ शाखा थप

काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको शाखा संख्या विगत चार वर्षको अवधिमा दोब्बर वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, २०७७ साउन मसान्तसम्म वाणिज्य बैंकको संख्या २७, विकास बैंकको संख्या २०, वित्त कम्पनीको संख्या २१, लघुवित्त वित्तीय संस्थाको संख्या ८४ र पूर्वाधार विकास बैंकको संख्या १ रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ९ हजार ८ सय १३ वटा पुगेको छ । गत असार मसान्तसम्म शाखा संख्या ८ हजार ६ सय ८६ रहेको थियो । २०७३ असारमा यो संख्या ४ हजार २७४ मा सीमित थियो ।

साउन मसान्नसम्म वाणिज्य बैंकको शाखासंख्या ४४९० रहेको छ । विकास बैंकको १००९, वित्त कम्पनीको २४४ र लघुवित्त वित्तीय संस्थाको ४०७० शाखा रहेका छन् ।

यो अवधीमा बाणिज्य बैंकहरुले ५४ वटा शाखा थपेर ४ हजार ४ सय ९० वटा शाखा पुर्याएका छन् ।

विकास बैंकहरुको शाखा संख्या भने २० वटाले घटेर एक हजार ९ वटामा सिमिति भएका छन् । वित्त कम्पनीहरुको शाखा संख्या एउटा थपिएर २ सय ४४ वटा पुगेको छ ।

लघुवित्त कम्पनीहरुको शाखा संख्या भने ४ हजार ५७ वटाबाट बढेर ४ हजार ७० वटा पुगेको छ ।

राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्य अनुसार गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गरेपछि २०७७ साउन मसान्तसम्म कुल १९८ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।

यसमध्ये १५१ संस्थाहरुको इजाजत खारेज हुन गई ४७ संस्था कायम भएका छन् । हालसम्म ७५३ मध्ये ७ सय ४७ वटा स्थानीय तहमा बाणिज्य बैंकका शाखा पुगेका छन् ।

सम्बन्धित

निजी क्षेत्रमा प्रवाहित कर्जा बढ्यो, घर जग्गाको धितोमा ६६.१ प्रतिशत

विदेशी विनिमय सञ्चिति एक महिनामा नै २.५ प्रतिशतले बढ्यो

१५१ वटा बैंक तथा वित्तीय संस्थाको इजाजत खारेज, १९८ वटा मर्ज

मुलुक ५१ अर्ब ४६ करोडले बचतमा