सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा ३ अर्ब २२ करोड लगानी

काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकले साउन मसान्त अवधीसम्ममा सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा ३ अर्ब २२ करोड लगानी गरेको छ ।

सो अवधीसम्ममा ३२ हजार ४ सय ५५ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । जसमध्ये ५९ अर्ब ५६ करोड कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २४ हजार ७ सय ६४ ऋणीलाई ५४ अर्ब ११ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ७ हजार ६ सय ९१ ऋणीको ५ अर्ब ४५ करोड कर्जा बक्यौता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here