झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब १३ करोडको कारोबार

काठमाडौं, ११ असोज । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचक आइतबार ४.२९ अंकले बढेर १५६५.५५ विन्दुमा कायम भएको छ । यसदिन १९१ कम्पनीको १ करोड, ९९ लाख ७२ हजार ३ सय ११ कित्ता सेयर किनबेच भएको छ ।

३ अर्ब १३ करोड ८२ लाख ४३ हजार ३ सय ७१ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये ५ समूहको परिसूचक उकालो लागेको छ भने ७ समूहको परिसूचक ओरालो लागेका छन् ।

होटल समूहको परिसूचक सबैभन्दा धेरै ५१.७१ अंकले बढेको छ भने जीवन समूहको परिसूचक ८३.५९ अंकले घटेको छ ।

७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरूमा फाइनान्स र हाइड्रोपावर कम्पनी रहेका छन् ।

बेस्ट फाइनान्स, नेपाल फाइनान्स, माउन्टेन, रैराङ, घलेम्दी, वरुण र आँखुखोला हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here