मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट पनि

काठमाडौं, ११ असोज । मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ ।

अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलियाको कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेबसाइट लगइन गरी वा मोबाइल एप्सबाट नेपालमा रहेका कुनै पनि बैंकको खातामा रकम पठाउन सक्ने छन् ।

साथै मुक्तिनाथ रेमिटमार्फत पठाएको पैसा नेपालस्थित मुक्तिनाथ रेमिटको ४ हजार भन्दा बढी एजेन्टमार्फत पनि प्राप्त गर्न सकिने बताइएको छ ।

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबारमा प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बैंकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here