कोरोना महामारी: नेपाल खराब सूचीको ४९ औं स्थानमा, कस्तो छ सार्क राष्ट्रको अवस्था ?

काठमाडौं, १२ असोज । विश्वमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । त्यसको मारमा नेपाल पनि परेको छ । नेपालमा कोराना संक्रमितको संख्या दिनहुँ थपिदै गएको छ ।

लकडाउन र निषेधाज्ञले केहि नियन्त्रणमा रहेको कोरोना सबै क्षेत्र खुल्ला भएसँगै संक्रमित र मृत्यु हुने दरपनि थपिदै गएको हो । । यससँगै नेपाल सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा ४९ औं स्थानमा आइपुगेको छ।

तीन दिन अगाडिसम्म ५१ औं स्थानमा रहेको नेपाल भेनेजुएला र इथियोपियालाई पछाडि पार्दै बढी प्रभावित देशहरुको सूचीको ४९ औं स्थानमा उक्लेको हो। बढी प्रभावित देशको पहिलो स्थानमा अमेरिका रहेको छ ।

अमेरिकामका संक्रमितको संख्या सोमबार दिउँसोसम्म ७३ लाख २१ हजार ३ सय ४३ पुगेको छ। मृत्यु हुनेको संख्या २ लाख ९ हजार ४ सय ५३ पुगेको छ । त्यस्तै भारत दोस्रो स्थानमा रहेको छ भारतमा संक्रमितको संख्या ६० लाख ७४ हजार ७ सय २ पुगेको छ भने मृतकको संख्या ९५ हजार ५ सय ७४ पुगेको छ ।

तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या ४७ लाख ३२ हजार ३ सय ९ प्गेको छ भने मृतकको संख्या १ लाख ४१ हजार ७ सय ७६ रहेको छ ।

सार्क राष्ट्रमा कोरोना: कुन देशमा कति संक्रमित, कतिको मृत्यु ?

सार्क क्षेत्रमै भारत धेरै कोरोना संक्रमित र मुत्यु भएको देश हो। भने विश्वमा तेस्रो स्थानमा रहेको छ ।

पाकिस्तान कोरोना प्रभावित देशहरुको सूचीको १९ औं स्थानमा रहेको छ । पाकिस्तान ३ लाख १० हजार ८ सय ४१ जनामा कोरोना संक्रमण भएको छ भने ६ हजार ४ सय ६६ जनाको मृत्यु भएको छ। २ लाख ९६ हजार २२ संक्रमण मुक्त भएका छन् ।

भुटान कोरोना प्रभावित देशहरुको सूचीको १८९ औं स्थानमा रहेको छ । भुटानमा २ सय ७३ जनालाई कोरोना देखिएको छ। मृत्यु भने कसैको भएको छैन। २ सय १० जना संक्रमण मुक्त भएका छन् ।

श्रीलंका कोरोना प्रभावित देशहरुको सूचीको १३९ औं स्थानमा रहेको छ । त्यहाँ अहिलेसम्म ३ हजार ३ सय ६० जनालाई कोरोना संक्रमण भएको छ भने १३ जनाको मृत्यु भएको छ। ३ हजार २ सय ८ जना संक्रमण मुक्त भएका छन् ।

बंगलादेश कोरोना प्रभावित देशहरुको सूचीको १५ औं स्थानमा रहेको छ त्यहाँ ३ लाख ५९हजार १ सय ४८ जनालाई कोरोना संक्रमण भएको छ भने ५ हजार १ सय ६१ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ७० हजार ४ सय ९१ छ।

अफगानिस्तान कोरोना प्रभावित देशहरुको सूचीको ६६ औं स्थानमा रहेको छ । त्यहाँ ३९ हजार २ सय ३३ जनालाई कोरोना संक्रमण भएको छ भने १४ सय ५५ जनाको मृत्यु भएको छ। ३२ हजार ६ सय ४२ जना संक्रमण मुक्त भएका छन् ।

माल्दिभ्समा कोरोना प्रभावित देशहरुको सूचीको ९९ औं स्थानमा रहेको छ । त्यहाँ संक्रमितको संख्या १० हजार ९८ रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ८ हजार ८ सय ४७ पुगेको छ ।

नेपालमा नेपालमा ७३ हजार ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५३ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् भने ४७७ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ दिनमा मात्र नेपालमा कोभिड-१९ संक्रमणको ग्राफ १९ हजार २३५ ले माथि चढेको छ। यो दुई सातामा नेपालमा प्रतिदिन औसतमा एक हजार ३७३.९२९ जना नयाँ संक्रमित पहिचान भइरहेका छन्।

डाटास्रोत: वर्ल्डोमिटर्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here