बैंक तथा वित्तीय संस्थाबारे गुनासो छ ? यसरी गर्नुहोस् उजुरी

काठमाडौं, १२ असोज । नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थासँग कारोबार गर्ने ग्राहकहरूको गुनासो सुन्न पहिलो पटक कार्यविधि बनाएको छ। 

राष्ट्र बैंकल सोमबार ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, २०७७’ जारी गरेको हो। कार्यविधिमा के कस्ता विषयमा उजुरी गर्ने, कहाँ उजुरी गर्ने र उजुरीको प्रक्रियाका बारेमा उल्लेख गरिएको छ ।

वित्तीय ग्राहकको हित सरंक्षण गर्न, गुनासो सुनुवाइ गर्न तथा वित्तीय सेवा प्रवाहलाई पारदर्शी बनाउन यस्तो कार्यविधि जारी बैकले जनाएको छ ।

झुठो वा गलत सूचना प्रवाह गरी निष्पक्ष, विश्वसनीय र पारदर्शी वित्तीय मध्यस्थता सेवा लिन-दिन असहयोग गरेमा वा प्रचलित कानुन, नियम, निर्देशनको परिधि भन्दा बाहिर गई ग्राहकको अहित हुने कार्य गरेको वा गराएको लागेमा राष्ट्र बैंकमा गुनासो निवेदन पेश गर्न सकिने व्यवस्था गरिएको छ ।

वित्तीय क्षेत्रका ग्राहकका गुनासो सम्बोधनका लागि नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नरका संयोजकत्वमा गुनासो व्यवस्थापन समिति गठन हुनेछ, जुन समितिले निश्चित फोन नम्बर, इमेल वा पोर्टलको माध्यमबाट प्राप्त गुनासोलाई सम्बोधन गर्नेछ ।

यो समितिको सदस्यमा राष्ट्र बैंककै अर्का डेपुटी गभर्नर, बैंक तथा वित्तीय संस्था नियमन र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक, अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा हेर्ने सह–सचिव, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष रहने व्यवस्था गरिएको छ भने राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक सदस्य सचिव रहनेछन् ।

यसबाहेक समितिको बैठकमा छलफल हुने गुनासो प्रकृति/विषयको आधारमा सम्बन्धित विभाग तथा निकायबाट आवश्यकतानुसार बढीमा ४ जना विज्ञलाई बैठकमा आमन्त्रण गर्न सकिने व्यवस्था गरिएको छ ।

यो समितिभन्दा मुनि राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागअन्तर्गत वित्तीय ग्राहक संरक्षण इकाई गठन हुने कार्यविधिमा उल्लेख छ, यो इकाईमा सोही नियमन विभागका कार्यकारी निर्देशकले आवश्यकतानुसार कर्मचारीको व्यवस्थापन गर्ने जनाइएको छ ।

वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि २०७७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here