चैतयता ८१ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

काठमाडौं, १३ असोज । कोभिड–१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा रोजगार गुमाएका नेपालीहरु स्वदेश फर्कने क्रम जारी रहेको छ ।

नेपालमा कोरोना माहामारीका बीच नै सात महिनामा ८१ हजार २ सय ९६ जना नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार उक्त तथ्यांक चैत ११ गतेदेखि असोज ११ गतेसम्मको हो ।

स्वदेश फर्कनेहरुमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार ८६९ जना छन् भने सबभन्दा कम श्रीलंकाबाट पाँच जना रहेका छन् ।

उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा ति मुलुकमा पुगेका थिए ।

केन्द्रका अनुसार हालसम्म साउदी अरेबियाबाट १२ हजार ६९६, मलेशियाबाट ११ हजार ६५१, कतारबाट ११ हजार २९५, कुवेतबाट आठ हजार ४७८, जापानबाट एक हजार ७५४, दक्षिण कोरियाबाट एक हजार ४४७, ओमनबाट एक हजार ५०३ बहराइनबाट एक हजार २७४ जना स्वदेश फर्किएका छन् ।

अष्ट्रेलियाबाट एक हजार ९१, टर्कीबाट ९३६, बंगलादेशबाट ८८८, माल्दिभ्सबाट ८५३, सिङ्गापुरबाट ५५५, अमेरिकाबाट ४३०, चीनबाट ३४३ र जोर्डनबाट ३१७ नेपाली स्वदेश फर्केका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here