१२ जीबी र्याम २५६ जीबी स्टोरेजसहित भिभोको नयाँ कन्सेप्ट फोन, बटन र प्लग हटाइयो

काठमाडौं, २८ बैशाख । भिभोले १२ जीबी र्याम र २५६ जीबी स्टोरेज सहितको नयाँ कन्सेप्ट फोन सार्वजनिक गरेको छ ।
कम्पनीले हालै युनिबडी डिजाइनमा रहेको एपेक्स २०१९ को राजधानीमा मिडिया लञ्च गरेको हो ।

यसै वर्षको अन्त्यसम्ममा बजारमा ल्याउने गरी विकास गरिएको सो फोनमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ्ग टेक्नोलोजी रहने छ जसले एक टचमा नै प्रयोगकर्तालाई आफ्नो स्मार्टफोन अनलक गर्न सघाउने छ ।

फुलभ्यू डिस्प्लेको अनुभव दिन भिभो एपेक्समा कम्पनीले बडी साउण्डकास्टिंग टेक्नोलोजीको प्रयोग गरेको छ । यसले गर्दा डिस्प्लेको भित्रबाट नै साउण्ड आउँछ ।

भीभो एपेक्सले चार्जिंग र डाटा ट्रान्सफरको क्षेत्रमा पनि आश्चार्यजनक परिवर्तन ल्याएको छ । कम्पनीले यसमा म्यागपोर्ट प्रविधि राखेको छ जसले गर्दा कनेक्टरलाई पोर्टको नजिक लग्दा आफैं जोडिने फीचर रहेको छ । फोनमा कुनै पनि प्रकारका पोर्ट तथा प्लगहरु रहने छैनन ।

फाइभजी प्रविधिमा विकास गरिने भनिएको सो फोनको डुप्लेक्स पिसीबी डिजाइनले स्मार्टफोनको २० प्रतिशत स्पेसमा वृद्धि गर्दछ । यसका साथमा भिभोका इन्जिनियरहरुले अन्य जोखिमहरुलाई घटाउनुका साथै पावर र सिग्नललाई सुनिश्चितरुपमा एकिकृत गरेकाले समग्र मोड्यूलको मोटाईमा पनि ३० प्रतिशतले कमी ल्याउन सकिएको कम्पनीले दाबी गरेको छ ।

लिक्विड कुलिंग टेक्नोलोजी

फाइभजी फोनहरुले फोरजी फोनहरुको तुलनामा २ देखि ४ गुणा अधिक पावर उपयोग गर्दछन्, जसले गर्दा फोन तात्ने समस्या देखापर्दछ । तर एपेक्स २०१९ मा लिक्विड कुलिंग टेक्नोलोजीको प्रयोग गरि फोन तात्ने समस्याको समाधान खोजिएको छ ।

फोनमा अल्मुनियम एलोए फ्रेम र मल्टिलेयर ग्राफिटे हिट रेडिएसन प्लेटको प्रयोग गरेको छ । एपेक्स २०१९ मा ठूलो साइजको भ्यापर चेम्बर प्लेट प्रयोग गरिएको छ । जतिबेला तापक्रम बढ्छ लिक्विडले लाई तापलाई समाहित गर्दछ, भने तापक्रम घट्द वाफ लिक्विडमा परिणत हुन्छ र ताप छोड्छ । यो चक्र निरन्तर आफैं संचालन हुन्छ र फोनलाई तात्नबाट जोगाउँछ ।

एपेक्स २०१९ को भ्यापर चेम्बर यो उद्योगमध्येकै सबैभन्दा ठूलो हो । अन्य सामान्य हिट पाइपहरु भन्दा यसको हिट एरिया ४देखि ६ गुणा अधिक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here