गुराँस लाइफको लिलामी खुल्यो, बजार मूल्य ६१६ रहेको सेयर १०० रुपैयाँमै किन्ने अवसर

काठमाडौं, १३ असोज । गुराँस लाइफ इन्स्योरेन्सले हकप्रदमा नबिकेको करिब ६ लाख कित्ता सेयर मंगलबारदेखि लिलामी मार्फत विक्री खुला गरेको छ ।

कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको ५ लाख ९० हजार १४ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो।

बिक्री गरिने मध्ये ३ लाख ३७ हजार ५६५ कित्ता संस्थापक समूहको सेयर रहेको छ भने २ लाख ५२ हजार ४४९ कित्ता सेयर सर्वसाधारण समूहको रहेको छ।

कम्पनीको सेयर खरिदका लागि आज (असोज १३ देखि १९ गतेसम्म) गोप्य शिलबन्दीमार्फत बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले प्रतिकित्ता न्यूनतम मूल्य १०० नघटाई आफूले किन्न चाहेको सेयर संख्या र मूल्यसहित आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले एनएमबी क्यापिटल, नागपोखरी काठमाडौँ, एनएमबि बैंकका विराटनगर, झापा, विरगंज, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको दाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

सोमबार दोस्रो बजार कम्पनी सेयर प्रतिकित्ता ६१६ रुपैयाँमा कारोबार भएको थियो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here