सूचीकृत कम्पनीलाई नविकरण शुल्क बुझाउन नेप्सेको आग्रह, असोज मसान्तसम्म नतिरे जरिवाना

काठमाडौं, १३ असोज । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सम्पूर्ण सूचिकृत कम्पनीहरुलाई बार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

नेप्सेले मंगलबार एक सूचना जारी गर्दै सुचिकृत कम्पनीहरुले असोज मसान्तसम्ममा सूचिकृत कम्पनीले चालु आवको वार्षिक सूचीकरण नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

धितोपत्र कारोबार नियमावली अनुसार ५० करोड रुपैयाँसम्म चुक्तापूँजी भएका कम्पनीले ५० हजार, ५० करोडमाथि चुक्ता पूँजी भएका कम्पनीले एक लाख रुपैयाँ नविकरण शुल्क बुझाउनुपर्नेछ ।

यस्तै डिबेन्चर र म्युचुअल फण्डको हकमा ५० करोड रुपैयाँसम्म चुक्तापूँजी हुनेले २५ हजार तथा ५० करोडमाथि चुक्ता पूँजी हुनेले ५० हजार नविकरण शुल्क बुझाउनुपर्नेछ ।

नेप्सेले सुचीकृत कम्पनीहरुलाई ग्लोवल आईएमईको बैंकमा संस्थाको नाममा रहेको खातामा नविकरण शुल्क जम्मा गर्न निर्देशन दिएको छ । समयभित्रै नविकरण नगराउने कम्पनीलाई बार्षिक १० प्रतिशतका दरले जरिवाना तिर्नुपर्ने पनि नेप्सेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here