गोरखा पत्रकार मञ्च गठन, संयोजकमा वन्त

काठमाडौं, २८ बैशाख । गोरखाका पत्रकारहरको साझा संस्था गोरखा पत्रकार मञ्च गठन गरिएको छ । शनिवार एक कार्यक्रम आयोजना गरि मञ्च गठन गरेको हो ।

साथै सो कार्यक्रम मार्फत प्रदिपराज वन्तको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति समेत गठन गरिएको छ ।

तदर्थ समितिमा सोविता रिसाल, विनोद ढकाल, जापान गुरुङ, मञ्जिमा ढकाल, रक्षा रेग्मी, सुवास भट्ट, प्रदिपराज वन्त छन् । त्यस्तै टुना भट्ट, देवराज गुरुङ, अर्जुन पन्त, सुमन पण्डित, विकास भट्टराई र सागर पन्त पनि तदर्थ समितिमा छन् ।

रामजी दाहाल, खिलबहादुर भण्डारी, अमृत दाहाल र सुशील अर्याललाई मञ्चको सल्लाहकार तोकिएको छ ।

मञ्चले देशका विभिन्न स्थान तथा विदेशमा रहेका पत्रकारहरुलाई समेट्ने लक्ष्य राखेको छ । साथै एक महिनाभित्रमा मञ्चको अधिवेशन गर्ने निर्णय पनि भेलाले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here