भदौंको विद्युत् महसुल असोज २२ गतेसम्म तिरेमा जरिबाना नलाग्ने

काठमाडौं, १४ असोज । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणलाई विलम्ब शुल्क नलिन निर्देशन दिएका छन् ।

भदौ महिनामा देशका धेरैजसो ठाउँमा लकडाउन र निषेधाज्ञा भएकाले मिटर रिडिङ तथा बिलिङ समयमा हुन नसक्दा उपभोक्तालाई महसुल तिर्न समस्या भएकाले उक्त महिनाको विलम्ब शुल्क नलिन निर्देशन दिएका हुन् ।

उक्त निर्देशनसँगै प्राधिकरणले असोज २२ गतेसम्म बिल तिर्दा अतिरिक्त शुल्क नलिने भएको छ। त्यस्तै असोज २३ गतेदेखि असोज ३० गतेसम्म महशुल बुझाउँदा भने थप ५ प्रतिशत बिलम्ब शुल्क तिर्नुपर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले भनेको छ, ‘२०७७ साल भदौ महिनाको महसुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी २०७७ असोज २२ गते सम्म महसुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र असोज २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएको छ ।’

कुनै उपभोक्ताले २०७७ साल भदौ महिनाको महसुल भुक्तानी गर्दा थप दस्तुर यसअघि तिरेको भए थप दस्तुर आगामी बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here