काठमाडौंबाट श्रम स्वीकृति बन्द

काठमाडौं, १४ असोज । वैदेशिक रोजगार विभागअन्तर्गत काठमाडौंको ताहाचल कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको छ ।

कार्यालयमा कार्यरत कर्मचारीलाई नै संक्रमण देखिएपछि बुधबारदेखि ५ दिनलाई प्रदान गरिने सम्पूर्ण सेवाबन्द गरिएको विभागले जानकारी गराएको छ ।

निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।

केही दिनभित्रै सबै कर्मचरीको पीसीआर परीक्षण गरिसकेपछि मात्रै सेवा सञ्चालन गर्ने तयारी विभागले थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here