एनआरएनएको ओसेनिया बैठक, बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउने निर्णय

काठमाडौं, २९ बैशाख । गैर आवासीय नेपाली संघ तेस्रो ओसेनिया क्षेत्रीय बैठक मे ११ र १२ का दिन अस्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ ।

बैठकमा नेपाल सरकारका न्याय, कानुन तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालको प्रमुख अतिथ्यता र अस्ट्रेलियन सरकारका केद्रिय अद्यागमन मन्त्री डेभिड कोलमनको बिशेष उपस्थिति रहेको थियो ।

नेपालका प्रदेश सांसद माननीय बिष्णु पन्थी, अस्ट्रेलियाका सिनेटर क्लेयर मुर, संघका अध्यक्ष भबन भट्ट, निवर्तमान अध्यक्ष डा. शेष घले संघका पदाधिकारी तथा मानार्थ समिति सदस्यहरु सहित १४ राष्ट्रका ३०० भन्दा बढीको सहभागितामा सम्पन्न बैठकले निम्नानुसारका निर्णयहरु गरेको छ ।

यस्ता छन् निर्णयहरूः

१. गैर आवासीय नेपालीहरुको सामुहिकलगानीलाई नेपालको समृद्धीमा सहयोग पुग्ने गरी परिचालन गर्न स्थापित हुने सामुहिकलगानी फण्ड, जलबिध्युत, लगायतका परियोजनाहरुमा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

२. नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई सफल बनाउन गैरआवासीय नेपाली संघले अघि सारेको ‘नेपाल प्रबद्र्धन बर्ष २०१९’ अभियानलाई विभिन्न प्रबद्र्धनातमक कार्यक्रम संचालन गरी भ्रमण वर्ष २०२० लाई सफल बनाउने निर्णय बैठकले गरेको छ ।

३. महिला सशक्तिकरण अभियानको थालनी र महिला उद्यमशिलतालाई प्रोत्साहन दिन कार्ययोजना अगाडि बढाउने निर्णय बैठकले गरेको छ । स्वदेश तथा विदेशमा हुने घरेलु हिंसा विरुद्ध जन चेतना अभियान संचालन गर्दै गैरआवासीय नेपाली अभियानको मुलधारमा महिला सहभागिताको सुनिश्चितता गराउने निर्णय बैठकले गर्यो ।

४.गैरआवासीय नेपाली संघले नलेज सिटी र एकेडेमीको प्रस्तावलाई आत्मसाथ गरी कार्यान्यन गर्न प्रमुख भूमिका खेल्ने र विदेशमा रहेका नेपाली ज्ञाताहरुको सिप, ज्ञान र प्रविधिलाई नेपालको विकासमा लगानी गर्ने वातावरण बनाउने निर्णय गरियो ।

५. बैठकमा नेपाल र अस्ट्रेलिया बीचमा आपसी सहयोग सद्भावलाई कायम राख्न असीमेड फाउन्डेसन अष्ट्रेलिया र नेपाल साइन्स फाउन्डेसन एनआरएनए बीचमा सहकार्य गर्ने निर्णय गर्दै आपसी सम्झौतामा हस्ताक्षर समेत भयो ।

६.ओसेनिया क्षेत्रमा बसोबास गर्ने युवा तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मुलधारमा समाहित गर्न उनीहरुका निम्ति उपयोगी र आकर्षण गर्न सकिने कार्यक्रमहरु तय हुनु पर्ने महसुस गरी आगामीदिनमा एस तर्फ बिशेष ध्यान दिनुका साथै यस क्षेत्रका गैरअवासीय नेपाली बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउने कार्यक्रमहरु तय गर्ने निर्णय पनि बैठकले गरेको छ ।

७. आवश्यक कानून निर्माण गरी तत्काल गैरआवासीय नेपाली नागरीकता वितरण गर्न र नागरिकता प्राप्तव्यक्तिले अन्य सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरीको सम्पूर्ण ब्यबस्था ऐनमै गर्न यो बैठक सम्बधित निकायलाई अनुरोध गर्दछ ।

८. अस्ट्रेलियन सरकार तथा राजनीतिक दलहरुको नेपाली समाज संग सहयोग र सहकार्य गर्ने प्रतिबद्ताको यो बैठक स्वागत गर्दछ ।

९. यो बैठक सफलतापुर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, अस्ट्रेलिया सरकार, अस्ट्रेलिया स्थित नेपालीदुतावास, सम्पूर्ण एनसीसीहरु आयोजक राष्ट्र अस्ट्रेलिया र प्रायोजकहरु स्वमसेवी पत्रकार, कलाकार सबै पक्षलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here