‘भियतनामको लागि नेपाल लगानीको उत्कृष्ट गन्तब्य’

काठमाडौं, २९ बैशाख । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले नेपाल र भियतनामबीचको द्धिपक्षिय सम्बन्ध प्रवद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

प्रधानमन्त्रीको भ्रमणटोलीको सदस्यको रुपमा भियतनाम भ्रमणमा रहेका श्रेष्ठले भियतनामको एक कार्यक्रममा नेपाल र भियतनामबीचको द्धिपक्षिय सम्बन्ध प्रबद्र्धनका लागि विभिन्न प्रकारका कार्य चेम्बरले गर्दै गरेको बताएका हुन् ।

भियतनामका लागि नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको पनि उनले बताए ।

भियतनामको डिओ डीज स्ट्रीट हानोइमा शुक्रबार भएको गोष्ठीमा अध्यक्ष श्रेष्ठले नेपालमा लगानीको वातावरणका लागि जलविद्युत, पर्यटन, कृषि बुद्ध जन्मेको लुम्बिनी एंव विश्व सम्पदा सूचीमा रहेका विभिन्न स्थान, विभिन्न वन्यजन्तु तथा आरक्षण क्षेत्रहरु, कृषि पर्याप्त जडिबुटी, जलवायु परिवर्तन भएका स्थान, खुल्ला जमिनका कारणले नेपालमा लगानी गर्न सकिने वातावरण भएको उल्लेख गरे ।

उनले नेपालमा अनुभवी एंव कडा परिश्रमिक श्रमिक, खनिज क्षेत्र रहेकाले लगानीको लागि अघि बढ्न भियतनामलाई आग्रह गरे ।

साथै उनले छिमेकी राष्ट्रसँगको व्यापरिक सम्झौता रहनुका साथै शुन्य प्रतिशत भन्सारदरमा ८ हजार ३० वस्तुको निर्यात गर्न सकिने वस्तुहरु रहेको जानकारी दिए ।

नेपाल र भियतनाम द्धिपक्षिय सम्बन्ध कायम भई जनता, जनताबीच नजिक बनाउने अवसर प्राप्त हुनुका साथै सरकार सरकारबीच सुमधुर सम्बन्ध कायम गर्नमा र व्यापारीक गतिविधिलाई अगाडी बढाउन प्रधानमन्त्रीको भ्रमणले नयाँ आयाम थापिएको पनि उनले उल्लेख गरे ।

नेपाल व्यापारिक कम्पनीहरुले भियतनाममा भएको व्यापारिक मेलामा नेपालको कलात्मक परम्परागत हस्तकला वस्तुहरु गरगहना एंव कलात्मक वस्तुहरुको प्रर्दशनी गर्नुका साथै भियतनामबाट कपडा, सूचना प्रविधिका सामग्री, खाद्यान्न लगायत जुत्ताहरु भियतनामबाट आयात हुने गरेको उनले बताए ।

नेपाल चेम्बर अफ कमर्श र भियतनाम चेम्बर अफ कमर्शबीच २००४ मा दुबै देशबीच व्यापारिक सम्झौता भई २०१८ मा व्यापर र आर्थिक गतिविधी लाई प्रवद्र्धन गर्न दुबै संस्थाबीच सम्बन्ध कायम पनि उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here