डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं, १५ असोज । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य १/१ रुपैंयाका दरले घटाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएको र सोही अनुसार भारतीय आयल कर्पोरेसनबाट मूल्य समायोजन भएर आएकोले मूल्य घटेको हो ।

अब काठमाडौंमा डिजेल तथा मट्टितेलको मूल्य ८९/८९ रुपैंया कायम भएको छ । पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ।

हाल मूल्य समायोजनपश्चात पनि भारतको रक्सौलसँग सीमा जोडिएको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २८ रुपैयाँ ७५ पैसा र डिजेल प्रतिलिटर ३४ रुपैयाँ ७७ पैसा नेपालतर्फ सस्तो रहेको निगमको दावी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here