भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख ३३ हजार १७४ जनाको मृत्यु भएको । ३ करोड ४८ लाख २३ हजार २१६ जना संक्रमित रहेका छन् ।

त्यस्तै २ करोड ५८ लाख ८९ हजार ९७४ जना संक्रमण मुक्त भएका छन् भने ६६ हजार २९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ८७५ जनाको मृत्यु भएको छ भने ६४ लाख ७१ हजार ९३४ जनालाई संक्रमण भएको छ ।

पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा शनिबार यो समाचार तयार पार्दासम्म मृतक संख्या १ लाख ८७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार ६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

शनिबार ७९ हजार ७७४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६४ लाख ७१ हजार ७३४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ५४ लाख २४ हजार ९३४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४५ हजार ९१८ जनाको उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here