साउदीमा १०५८ नेपालीले पाए बहिर्गमन भिसा, ६० दिनभित्र फर्किसक्नुपर्ने

काठमाडौं, १७ असोज । साउदी सरकारले १ हजार ५८ जना नेपालीलाई बहिर्गमन भिसा दिएको छ ।

साउदीका विभिन्न स्थानमा कार्यरत उनीहरूलाई कम्पनीले आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिएको र नवीकरणसमेत नगराइदिए नेपालीहरुले बहिर्गमन भिसा पाएको त्यहाँ रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

साउदीमा रहेको नेपाली दूतावासमा निवेदन दिएकामध्ये थप ५७ जनाले बहिर्गमन भिसा प्राप्त गरेका हुन् । यसअघि साउदी अरेबियाले १ हजार १ जनालाई बहिर्गमन भिसा दिएको थियो ।

साउदीमा अकामा नभएर समस्या परेर स्वदेश फर्कने इच्छा राख्दै दूतावासमा आफ्नो विवरण टिपाउनेलाई बहिर्गमन भिसा दिने गरेको छ ।

साउदीबाट स्वदेश फर्कनका लागि रोजगारदाताको बहिर्गमन भिसा चाहिन्छ । साउदीमा बहिर्गमन भिसा हुने विदेश कामदार अवैध मानिन्छ ।

उनीहरू भिसा लागेकाहरू भिसा लागेको मितिले ६० दिनभित्र आफ्नै खर्चमा स्वदेश फर्किसक्नुपर्नेछ ।

साथै, विभिन्‍न व्यक्तिले झुटा विवरण दिई दूतावाससमक्ष बहिर्गमन भिसाका लागि आवेदन दिएकालाई कुनै समस्या आइपरे स्वयं जिम्मेवार हुनुपर्ने पनि दूतावासले प्रस्टयाएको छ ।

बहिर्गमन भिसा जारी भएकाहरुले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले रियाद र दमामबाट गर्ने उडानहरुबाट स्वदेश फर्कने तयारी गर्न दूतावासले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here