बीमा समितिका पाँच जना कर्मचारीलाई कोरोना, एक साताका लागि कार्यालय बन्द

काठमाडौं, १८ असोज । कोरोना भाइरसको संक्रमण फैलिएपछि बीमा समिति एक साताको लागि सिल गरिएको छ ।

बीमा समितिमा कार्यरत तीन जना उच्च तहका कर्मचारीसहित आधा दर्जन कर्मचारीमा कोरोना पोजेटिभ देखिएसँगै कार्यालय एक साताको लागि बन्द गरिएको हो ।

सोमबारबाट एक साताको लागि बीमा समिति सिल गर्ने निर्णय गरिएको बीमा समितिले जनाकारी दिएको छ ।

आपतकालिन कामहरु घरैबाट गर्ने गरी कार्यालय सिल गरिएको बीमा समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here