दोहोरो अंकले बढ्यो नेप्से, आधादर्जन कम्पनीको सेयर मूल्यमा सर्किट

काठमाडौं, १८ असोज । । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको छ ।

नेप्से १४.७१ अंकले बढेर १५८५.७५ बिन्दुमा पुगेको छ । यसदिन १९३ कम्पनीको ३ अर्ब ८ करोड ३ लाख ४४ हजार ४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१ करोड ४ लाख ७ हजार १२३ कित्ता सेयर किनबेच भएका छन् । आज कारोबार भएका समूहमध्ये हाइड्रोपावर र म्यूचुअल फण्डबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।

उत्पादनमूलक समूह सबैभन्दा बढी १३५.२६ अंकले बढेको छ ।

खदिरबिक्री रकम शिवम सिमेन्ट अग्रस्थानमा छ । यसको सबैभन्दा धेरै २६ करोड १३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल पुनर्बीमा कम्पनी र एनसीसी बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

आज आधादर्जन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम सिमेन्ट र प्रोग्रसिभ फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

५ कम्पनीको मूल्य अघिल्लो कारोबार दिनको तुलनमा कुनै पनि परिवर्तन भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here