२० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, १८ असोज । नेपाल राष्ट्र बैंकले २० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट असोज १९ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकका अनुसार ९१ दिन अवधिको लागि १० करोड बराबरको र १८२ दिन अवधिको लागि २० अर्ब बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ । उक्त बोलकबोल सोमबार दिउँसो तीन बजे खुला गरिनेछ।

९१ दिन अवधिको बिल आगामी पुस २१ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको बिल चैत २४ गते परिपक्व हुने छ। यी दुवै यस अघि निष्काशन भएका ट्रेजरी बिलका नविकरण हुन् ।

बैंकले यसअघि असोज १२ गते ३ अर्ब १० करोडको ट्रेजरी बिल निष्काशन गरेकोमा १२ अर्ब ९५ करोडको आवेदन परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here