थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि, १३२९ जना संक्रमणमुक्त

काठमाडौं, १८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार ७८४ जनाको पीसीआर परीक्षणमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित कुृल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप १३२९ जना कोरोना संक्रमणमुक्त भएका छन्। डिस्चार्ज हुनेको संख्या ६४ हजार २९ पुगेको छ। देशभर २२ हजार २१९जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here