काठमाडौं उपत्यकामा थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १८ असोज । काठमाडौं उपत्यकामा थप १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ संक्रमित थपिएका हुन् ।

जसअनुसार काठमाडौंमा ५०५ महिला र ८६८ पुरुष, ललितपुरमा ७९ महिला र १०८ पुरुष र भक्तपुरमा २० महिला र १९ पुरुष रहेका छन् ।

योसँगै उपत्यकामा कोरोनाबाट संक्रमित हुनेको संख्या २९ हजार ५ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here