शताब्दी पुरुष सत्यमोहन जोशी, सम्मानस्वरुप ललितपुरमा बिदा

काठमाडौं, ३० वैशाख । नेपाली संस्कृतिका ज्ञाता सत्यमोहन जोशी सोमबारबाट १ सय वर्षमा टेकेका छन् । वि.सं १९७७ साल वैशाख ३० मा जन्मिएका जोशी सबैभन्दा बढी (तीन पटक) मदन पुरस्कार पाउने व्यक्ति हुन् ।

नेपाली कला र संस्कृतिमा उनलाई जिउँदो इतिहास मानिन्छ । जोशीको सम्मानमा ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।

व्यक्तिलाई जिवित रहेकै अवस्थामा सम्मान दिनु पर्छ भन्ने मान्यता स्थापित गर्न बिदा दिइएको महानगरपालिकाले जानकारी दिएको छ । महानगरले वर्षभर विविध कार्यक्रम गरी जोशीको जन्म शताब्दी मनाउने निर्णय गरेको थियो ।

त्यसै अनुसार सोमबार जोशीसहित १ सय वर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम तय गरेको हो । जोशीका अहिलेसम्म ५० भन्दा धेरै पुस्तक प्रकाशित भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here