प्रसूति गृहमा नुवाकोटकी २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु

काठमाडौं, १९ असोज । थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छन्।

सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङकोे शल्यक्रिया गरी पाँच वटा शिशु निकालेको प्रसुति गृहले जनाएको छ।

पहिलोपटक गर्भवती तामाङले पाँच शिशुलाई एकैसाथ जन्म दिएकी हुन् ।

पाँच मध्येमा एक जनाको पेटमै मृत्यु भएको र बाँकी चार जना जीवित रहेको अस्पतालले जनाएको छ। चारै वटै शिशुलाई स्वास्थ्य निगरानीको लागि अस्पतालको एनआइसियुमा राखिएको छ ।

चिकित्सकका अनुसार चार जना शिशु मध्येमा एउटा १ केजी, दोस्रो एक केजी ८ सय ग्राम, तेस्रोको १ केजी ६ ग्राम र चौथोको ८ ग्राम तौल रहेको छ।

अहिलेसम्म आमाको अवस्था पनि सामान्य नै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here