उपभोक्तालाई चुनौति बन्दै भान्सा व्यवस्थापन, खुद्रा पसलमा तरकारीको मूल्य छोइनसक्नु

काठमाडौं, २० असोज । नेपालीको प्रमुख चाडदशै नजिकिँदै छ ।

१० दिनपछि सुरु हुने दशैको रौनक यसपटक कोरोना भाइरसको त्रासले अघिल्ला वर्षहरुको भन्दा भिन्न देखिनेछ । तर बजारमा कोरोना त्रासकैबीच चहलपहल भने बढेको छ ।

सरकारले आफु बसेकै ठाँउमा दशै मनाउन आग्रह गरेसँगै कतै दशैको समयमा लकडाउन पो हुने हो कि भन्ने चिन्ता सर्वसाधरणमा छाएको छ ।

शहर बजारमा नै बसेर दशै मनाउनु पर्ने अवस्था आयो भने दशैंमा उपभोक्तालाई भान्सा व्यवस्थापनमा चुनौति बन्ने देखिन्छ ।

पछिल्लो समय तरकारी तथा हरिया सागसब्जीको मूल्य बढेको छ । कोरोनाको डरले दशैको लागि थोक पसलमा नै गएर तरकारी ल्याउन सक्ने अवस्था कमै मानिसको मात्र रहने हुनाले त्यसको थप मार उपभोक्तामा थपिने छ ।

खुद्रा पसलेले जथाभावी रुपमा मूल्य निर्धारण गर्दा पनि त्यहि नै किन्नु पर्ने अवस्था रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार र खुद्रा पसलको मूल्यामा दोब्बर अन्तर पर्ने गरेको छ । तर विकल्प नै नभएपछि दोब्बर मूल्य तिर्न बाध्य उपभोक्त्तामा छ । पछिल्ले समय गोलभेडाको मुल्य केहि घटेपनि

प्याज, भन्टा, हरियो धनियाँ, बोडी, सिमी, खुर्सानी, साग, लौका तथा करेला जस्ता तरकारीको मूल्य बढेको छ ।

तर, उपभोक्ताले कालीमाटीमै पनि घोषित मूल्यमा तरकारी पाउँदैनन् भने उपत्यकाका अन्य खुद्रा बजारमा तरकारीको भाउ झनै छोइनसक्नु छ ।

उता कालीमाटी तरकारी तथा फलफुल बजार विकास समिति भने तोकिएको मूल्यमा तरकारी तथा फलफुल किनबेच हुनुपर्ने बताउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here