सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं, २१ असोज । नेपाली बजारमा सुनको भाउ ओरोलो लागेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ८ सय र चाँदीको २५ रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसदिन चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार १७५ रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here