ग्लोबल आइएमई बैंक र आइएमई पे बीच विद्युतीय माध्यमबाट राजस्व संकलन गर्ने सम्झौता

काठमाडौं, २१ असोज । ग्लोबल आइएमई बैंक र आइएमई पे ले सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

बुधबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि नगदको रुपमा संकलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजश्व भुक्तानीलाई आईएमई पे डिजिटल वालेटको माध्यमबाट सजिलै भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ ।

यस व्यवस्थाले सर्वसाधारणलाई राजश्व बुझाउनकै लागि सरकारी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास पनि उनीहरुको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here