सांग्रिला डेभलपमेन्ट बैंकले लक्ष्मी कमर्सियल भेहिकल्सबाट गाडी किन्दा कर्जा सेवा दिने, दुई कम्पनीले गरे सम्झौता

काठमाडौं, २२ असोज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि. बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मीका तर्फबाट कम्पनीका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार सांग्रिला बैंकका ग्राहकले स्वराज, माज्दा (एसएमएल) ब्राण्डका कमर्सियल गाडीको आधिकारिक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्सबाट नयाँ गाडी खरीद गर्न चाहेमा १२.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको अधिकतम ७५ प्रतिशतसम्म कर्जा सुविधा पाउने छन् ।

बैंकको हाल संचालनमा रहेका ९१ वटै शाखाहरुबाट आफ्ना यस किसिमको कर्जा दिइने बैंकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here