एभरेष्ट बैंकको नयाँ अफर, मासिक किस्ता साँढे नौ हजार मै होम लोन

काठमाडौं, २९ बैशाख । एभरेष्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै नयाँ होम लोन स्कीम सार्वजनिक गरेको छ ।

बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाउँ’ भन्ने नारा सहित न्यूनतम मासिक किस्ता ९ हजार पाँच सय ९९ रुपैयाँको होम लोन स्किम ल्याएको हो ।

बैंकका अनुसार १० लाखको होमलोन लिँदा ९ हजार पाँच सय ९९ मासिक किस्ता तिर्नुपर्ने छ भने २० लाख लिँदा मासिक १९ हजार एक सय ९९ रुपैयाँ र ६० लाख लिँदा मासिक किस्ता ३८ हजार तीन सय ९८ रुपैयाँ तिर्नुपर्छ ।

यस अभियानमा ग्राहकहरुले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट पाउने तथा २५ वर्षसम्मका लागि लोन पाउने पनि बैकले जानकारी दिएको छ ।

त्यस्तै बैंकले सम्पूर्ण ग्राहकहरुलाई यस अभियानको लाभ उठाउँदै आफ्नौ घर बनाउने सपनालाई पूरा गर्न समेत प्रेरित गरेको छ ।

बैंकको ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको र यो संख्या नेपाली बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च भएको पनि बैंकले बताएको छ ।

हालै क्यामेल्स रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको पनि बैंकले जानकारी दिएको छ ।
बैंकले हाल ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here