भूमिका सुब्बाको ‘बनचरी’ सार्वजनिक

काठमाडौं । गीतकार, कलाकार तथा सामाजिकअभियन्ताभूमिका सुब्बाको नयाँगीत ‘बनचरी’ सार्वजनकि भएको छ । ओएसआर डिजिटल युट्युब च्यालनबाट बिहिबार रिलिजगरिएको हो ।
गीतमा एउटी नारीको जीवनयात्रालाई समेटिएको छ । एउटी छोरीले जन्मदिने आमाप्रतिदर्शाउने अगाध प्रेम र माईतीगाउँका‘नोस्टाल्जिया’गीतमा प्रस्तुतगरिएको गीतकार सुब्बाले बताईन ।

सुब्बा अफै राम्रो गायिका समेत हुन । उनका मालिङ्गो सैसै, भूमिका र संगिनीतीनओटा सोलो एल्बम रहेका छन् भने आधादर्जन भन्दा बढी सयुक्त गीति सग्रह बजारमाआएका छन् । बाल्यकाल बाटै कलाकारिता क्षेत्रमा लागेकी सुब्बाको खास गरी जनवादी गायिकाको रुपमा फराकिलो परिचय रहेको छ । पछिल्लो समय उनीगीत लेखनमालागेकीहुन । त्यसैको निरन्तरता हो बनचरी ।

चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको यो गीतमा पछिल्लो समय म्युजिक भिडियोमा रुचाईका कलाकार लक्ष्मी बर्देवाले जीवन्त अभिनय गरेकी छिन् । साजन राईको संगित रहेको यस भिडियोको किरण चाम्लिङ राईले निर्देशन गरेका हुन ।

बीजू कर्मचार्यले एरेन्ज गरेको यो गीतभर्जिन भ्वाईसको स्टुडियोमा रेकर्ड गरिएको हो । भूपेन्द्र तुम्बाहाङ्गफेले छायाङ्कन गरेको भिडियोमा काठमाण्डौ उपत्यका छेउछाउँको ग्रामिण दृष्यहरु समेटिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here