पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन भयो प्रभु डिजिटल, सार्वजनिक सेयर निष्काशनको बाटो खुल्यो

काठमाडौं, २२ असोज । प्रभु ग्रुप अन्तरगतको प्रभु डिजिटल प्रालि अब पब्लिक कम्पनीको रुपमा संचालन हुने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट ईमेल सहित सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा संचालन हुने भएको हो ।

हालै प्राधिकरणले प्रभु डिजिटल प्रालिलाई प्रभु डिजिटल लिमिटेड नाम राखी लिमिटेड कम्पनीमा परिवर्तनको लागि अनुमति दिएको छ ।

यसअघि नै प्रभु डिजिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम संसोधन गरिसकेको कम्पनीले बताएको छ ।

नाम परिवर्तन र पब्लिक लिमिटेड गरेसँगै कम्पनीलाई सार्वजनिक शेयर निष्कासन गर्ने बाटो समेत खुल्नेछ ।

प्रभु ग्रुप अन्तरगतको कम्पनीले २०७४ साल कात्तिक ७ गतेदेखि अनुमतिपत्र लिई इन्टरनेट सेवा संचालन गरिरहेको छ । यसका साथै कम्पनीले टेलिभिजन, आईपिटिभी÷ओटिटि सेवा समेत संचालन गरिरहेको छ ।

सम्बन्धितः

प्रभु इन्टरनेटको सेवा सुरु, यस्तो छ प्याकेज

प्रभु बैंकको २ अर्बको ऋणपत्र विक्री खुल्यो

प्रभु टिभीको सबै च्यानल १ महिनासम्म सित्तैमा

प्रभु पे को सहयोगमा घरबाटै यसरी लिनुहोस् गंगालाल अस्पतालको टिकट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here