नेपालमा पाइन थाल्यो जापानिज लोकप्रिय खाना ‘बेन्तो’

काठमाडौं, २३ असोज । होक्काइडो रामेन हाउसले पहिलोपटक भाटभटेनी सुपरमार्कोटको सहकार्यमा जापानिज खाना ‘बेन्तो’ आजबाट बिक्री सुरु गरेको छ।

भाटभटेनी सुपरमार्केटमा बिक्री गर्न ‘बेन्तो’ जापानमा तालिमप्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार गर्ने होक्काइडो रामेन हाउसले जनाएको छ।

‘तरकारीहरु आफ्नै बारीमा फलाउँछौँ र अरू सामग्री पनि जापानमा तालिमप्राप्त हाम्रा स्टाफहरूले विशेष ध्यान पुर्याई छानेका हुनेछन्’, होक्काइडो रामेन हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो बेन्तो हाम्रो आफ्नै सेन्ट्रल किचेनमा सावधानीपूर्वक तयार गरिन्छ।’

होक्काइडो रामेन हाउसका अनुसार बेन्तो हाललाई ५ विभिन्न किसिममा उपलब्ध हुनेछ। अहिले भाटभटेनी सुपरमार्केटको पहिलो स्टोर नक्सालबाट मात्र उपलब्ध हुने पनि विज्ञप्तिमा जनाइएको छ।

विस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट सञ्चालन गरी काठमाण्डौ, पोखरा, चितवन, विराटनगरलगायतका अन्य सहरी क्षेत्रमा बिक्री बढाउदै जाने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले बताए।

‘हामीले जापानिज खाद्य संंस्कृतिको चिनारी गर्दै हाम्रा ग्राहकलाई स्वादमा सन्तुष्टि र स्वास्थ्यको विशेष ख्याल राख्दै जापानिज खानाको सौन्दर्यलाई कायम राख्नेछौँ’, उनले भने, ‘हामी भाटभटेनी सुपरमार्केटका साथ हातेमालो गर्दै बजारमा आइसकेका छौँ बेन्तोका साथ लन्च, डिनर वा स्न्याक्सलाई तपाइँहरूलाई साथदिन्छौँ।’

“बेन्तो” भन्नाले एकजनालाई पुग्ने खाना पसल र रेस्टुराँबाट “टेक आउट”अथवा घरमै बनाइएको पनि बाहिर बोकेर जान मिल्ने खाना भन्ने बुझिन्छ। यसको सुरुआत जापानमा भएको हो। बेन्तोमा प्रायः भात, नुडल, माछा, मासु, पकाइएको तरकारी र अचार बनाइएको तरकारीहरू समावेश गरिएको हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here