सुनसरीको देवानगञ्जमा इन्भेष्टमेण्टको शाखा

काठमाडौं, ३० बैशाख । नेपाल इन्भेष्टमेण्ट बैंकले सुनसरीको देवानगञ्ज गाँउपालिकामा शाखा स्थापना गरेको छ ।

यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तीय सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । बैंक परिसरभित्रै छिट्टै एटिएम सेवा पनि संचालन हुने विज्ञप्तिमा उल्लेख छ ।

बैंकले वित्तिय साक्षरता अभिबृद्धिका लागि ग्रामिण क्षेत्रमा शाखा विस्तार अभियानलाई निरन्तरता दिने क्रममा प्रदेश नं. १ मा शाखा थप गरेको हो ।

हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ ।

सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, १ सय १२ वटा एटिएम तथा १३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले वित्तीय सेवा दिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here