कोरोना संक्रमित आइसोलेसनमा नबसे ६ महिना जेल सजाय

काठमाडौं, २३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमण भएका व्यक्तिहरु आइसाेलेसनमा नबसी बाहिर हिँडेको पाइए कारबाही गरिने बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोभिड- १९ संक्रमणबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलन मार्फत उक्त कुरा बताएका हुन् ।

गौतमले केही व्यक्तिहरु कोरोना पोजिटिभ आएपछि आइसोलेसनमा नबसेको पाइएको भन्दै आइसोलेनामा नबसे कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको बताए ।

आइसोलेसनमा नबस्ने व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म जेल सजाय हुन सक्ने बताए ।

‘केही कोरोना संक्रमित आइसोलेसनमा नबसेको पाइएको छ। पोजिटिभ आएका व्यक्तिहरु आइसोलेसनमा नबसेको घरपरिवार, छरछिमेकले समेत अनुगमन गरी खबर गर्नुहुन अनुरोध गरेका छौं उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here