काठमाडौंका यी ठाउँमा ६ घण्टा बत्ती जाने

काठमाडौं, २४ असोज । काठमाडौंका केहि ठाउँमा शनिवार ६ घण्टा बत्ती जाने भएको छ ।

नेपाल विद्युत प्राधिकरणको अनुसार जोरपाटी वितरण केन्द्र अन्तर्गत मूलपानी रिंगमेन लाइन र मूलपानी स्विचिङबाट सञ्चालित मूलपानी, गोठाटार, डाँछी र साँखु फिडर अन्तर्गतका लाइनमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली आपूर्ति रोक्न लागिएको हो ।

जोडिएका रुखका हाँगाबिँगा काट्नुपर्ने भएकाले बत्ती जाने रोकिने प्रधिकरणले जनाएको छ ।

मूलपानी, काँडाघारी, सनसिटी, गोठाटार, ग्रिनहिल सिटी, थली, डाँछी, भद्रवास आलापोट, गागलफेदी, इन्द्रायणी, साँखु, लप्सीफेदी, नांग्लेभारे र जरसिंहपौवा आसपासका क्षेत्रमा बिजुली आपूर्ति हुनेछैन् ।

तोकिएको समयभन्दा अगाडिनै काम सकिए छिट्टै विद्युत दिने पनि प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here