बजाज मोटरसाइकलको एक्सचेन्ज अफर, ३० हजार न्युनतम भ्यालुएसन

काठमाडौं, ३० बैशाख । बजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज एक्सचेन्ज सँगै अपग्रेड’ अफर सार्वजनिक गरेको छ ।

कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३० हजार रुपैयाँसम्मको मूल्यांकन र प्रचलित बजार भ्यालुएसन भन्दा थप १५ हजार प्रदान गरिने कम्पनीले बताएको छ ।

ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा निःशुल्क हेल्मेट, बाईक कभर, व्याक्स, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एसेसरिज पाउने छन् ।

एक्सचेन्जमा बजाजको नयाँ वर्ष २०७६ को स्कीम ‘बजाज उल्टो अफर’को समेत लाभ लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

बैशाख २९ गतेबाट जेठ ३ गतेसम्म लागू हुने यस अफरमा ग्राहकहरुले हंसराज हुलासचन्द एण्ड कम्पनीको टेकुस्थित शोरुममा गएर कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटरसगँ बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here