पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं,२४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

ट्वीटमार्फत उनले आफुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको जानकारी गराएका हुन् । उनका अनुसार शुक्रबार हल्का ज्वरो आएपछि शनिबार परीक्षण गरेका थिए ।

त्यसअघि सोमबार कोरोना परीक्षण गराएर नेगेटिभ भई काठमाडौं बाहिरका कार्यक्रममा भाग लिएको र त्यसपछि काठमाडौं आएको उनले बताएका छन् । शनिबार परीक्षण गर्दा आफुमा कोरोना देखिएको उनले जानकारी दिएका छन् ।

उनले केही दिनयता सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न सुझाव दिँदै आफ्नो कारणले पर्न गएको असुविधाप्रति क्षमा समेत मागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here