मदिरा र महँगा सवारीको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

फाइलफोटो

काठमाडौं, २५ असोज । सरकारले तयारी मदिराको पैठारीमा लगाएको प्रतिबन्ध हटाएको छ ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

त्यस्तै सरकारले ५० हजार डलर बढी मूल्यको सवारीसाधन आयात खुला गर्ने निर्णय गरेको छ ।

यसअघि कोरोना नियन्त्रणमा लागेको लकडाउनसँगै २४ चैतमा राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले तयारी मदिराको पैठारीमा रोकेको थियो ।

असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले तयारी मदिरा पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको हो। उता, ५० हजार डलर बढी मूल्यको सवारी साधन आयात माथिको प्रतिवन्ध समेत फुकुवा भएको छ ।

सरकारले विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त संघ संस्था र विदेशी कर्मचारीले नीजि प्रयोगका लागि बढी मूल्यका सवारी आयात गर्ने बाटो सरकारले खुला गरेको छ ।

५० हजार डलरभन्दा बढीका सवारी आयातमा बन्देज लगाउँदा कुटनीतिक नियोगलाई कठिनाई परेकाले फुकुवा गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको भनाई छ ।

तर, दशैंको समयमा हुने कारोबारबाट सरकारलाई बढी राजस्व प्राप्त हुने आश सरकारको छ । किनकी अहिले राजस्व संकलन प्रभावित भएसँगै सरकारलाई खर्च धान्न मुस्किल परिरहेको छ । यसका लागि सरकारले दशैं अगाडी नै आन्तरिक ऋण उठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here